नियम १७
अन्तिम प्रतिवेदन तयार गर्ने
(१) नियम १६ को उपनियम (२) बमोजिम प्राप्त
भएको राय तथा प्रतिक्रियालाई आयोगले त्यसको औचित्यता विचार गरी आंशिक वा
पूर्ण रुपमा प्रतिवेदनमा समावेश गर्न सक्नेछ ।
(२) नियम १६ बमोजिम राय तथा प्रतिक्रिया लिने काम समाप्त भएपछि
आयोगले संकलित विवरणको आधारमा दुर्घटना सम्बन्धी अन्तिम प्रतिवेदन तयार
गरी मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि नियम १६ को
उपनियम (१) बमोजिमका राज्यले सोही नियमको उपनियम (२) बमोजिमको
अवधिभित्र राय तथा प्रतिक्रिया नपठाएको कारणबाट मात्र आयोगले अन्तिम
प्रतिवेदन तयार गर्न बाधा पर्ने छैन ।